बुटवल । भैरहवामा सिद्धार्थ अटो भिलेज सञ्चालनका लागि लागि सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । सिद्धार्थनगर नगरपालिकाले नगरलाई सफा, सुन्दर र पर्यटकीय नगर बनाउने अवधारणा अन्तर्गत वडा नम्बर ९ गोनहियामा अटो भिलेज सञ्चालनका लागि २०७० सालमै श्रमिकहरूसँग सम्झौता गरे पनि अझैसम्म कार्यान्वयन गर्न नसकेको हो ।
आठ वर्ष बितिसक्दा समेत अटो भिलेज सञ्चालनमा ल्याउन नगरपालिकाले कुनै चासो नदेखाएको सरोकारवालाहरु बताउँछन् । करिब साढे ३०० श्रमिकमध्ये अधिकांशले बैंकबाट ऋण लिएर गोनहियामा करिब १४ करोड रुपैयाँमा एकै स्थानबाट ग्यारेज सञ्चालनका लागि १० बिघा जग्गा खरिद गरेका थिए ।
नेपाल अटो भिलेजका सचिव दिलबहादुर कुँवरले अटो भिलेजमा बल्ल १५/१६ जना व्यवसायीहरू मात्र आएको बताए । ‘अझैसम्म सम्झौता पूर्ण कार्यान्वयन नहुँदा धेरै व्यवसायीहरू आउन मानिरहेका छैनन्,’ उनले भने ।
सिद्धार्थ अटो भिलेजका व्यवसायी राजेश धवलले आफूहरुलाई जग्गा खरीद गर्न लगाएर नगरपालिकाले अहिले अलपत्र पारेको बताए । उनले आफूले बैंकबाट ऋण लिएर जग्गा खरीद गरी व्यवसाय सञ्चालन गरेको, तर अहिले नगरपालिकाले अलपत्र पारेको बताए ।
यसमा विद्युत् नभएको बहानामा सञ्चालनमा आउन नसकेको अटो भिलेज अहिले १०० केभीए क्षमताको ट्रान्सफर्मर जडान, सडक ग्राभेल, टेलिफोन एवं इन्टरनेट लगायतको सुविधा हुँदा समेत सञ्चालनमा आउन सकेको छैन ।
नेपाल अटोमेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका अध्यक्ष गुमानसिंह थारुले नगरपालिकाले १३ वटै वडा कार्यालयमा अन्यत्र अटो भिलेज सञ्चालन गरिरहेका व्यवसायीहरुलाई सञ्चालन गर्न नदिई भिलेजमै पठाउन पत्र पठाएको, तर कार्यान्वयन नभएको बताए । उनले अटो भिलेजका लागि सबै संरचना तयार भए पनि व्यवसाय सञ्चालन नहुने डरले व्यवसायीहरू आउन नमानेको बताए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend