Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्र भूमिकास्थानमा नयाँ नेतृत्व


    बुधबार, माघ १९ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची। नेकपा माओवादी केन्द्र भूमिकास्थान नगर समितिले नयाँ नेतृत्व पाएको छ । पालिकाको पोखेडाँडामा आज सम्पन्न अधिवेशनले नेता नरबहादुर मुखियाको नेतृत्वमा नयाँ कार्य समितिको सर्वसम्मत चयन गरिएको हो ।

    अधिवेशनले उपाध्यक्षहरूमा इमानसिंह नेपाली ,शिव आचार्य र बाबुराम  खनाल लाई चयन गरेको छ । त्यस्तै सचिवमा चेतन खनाल , सहसचिवमा  कुलराज बन्जाडे, कोषाध्यक्षमा गंगा मर्साइ रहेको नगर समिति गठन गरेको हो ।

    त्यस्तै अधिवेशनले कृष्ण आचार्यको अध्यक्षतामा नगर सल्लाहकार  समिति को  समेत निर्विरोध निर्वाचित गरेको बताइएको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार