Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • माधव नेपाल भन्छन्- गठबन्धन कुनै हालतमा टुट्ने वाला छैन, दिमाग खराब नगर्नुस्


    बुधबार, माघ १९ २०७८
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन तोड्न खोज्नेहरूको चाहना कुनै हालतमा पूरा नहुने बताएका छन् ।

    एकीकृत समाजवादी निकट अनेरास्ववियूको रक्तदान कार्यक्रममा बोल्दै नेपाल प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले छलफल गरेको र गठबन्धन दिगो रूपमा जाने बताए।

    ‘हामीले पाँच दलीय गठबन्धन निर्माण गरेका छौं। दिनदिनै पत्रपत्रिकामा अनेक समाचार पढेर कतिपयको दिमाग खराब हुने गरेको छ। दिमाग खराब गर्ने काम नगर्नुस्,यो गठबन्धन टुट्नेवाला छैन,’अध्यक्ष नेपालले भने ।

    उनले गठबन्धन भत्कनेजस्ता समाचारमा सत्यता नभएको दाबी गरेका थिए। ‘यो गठबन्धनलाई बलियो बनाएर लैजानुपर्दछ भन्ने कुरा हामी सबैले प्रतिवद्धता व्यक्त गरेका छौं,’ उनले भने, ‘जनताको हितलाई केन्द्रमा राख्ने नीति हामीले लिएका छौं।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार