काठमाडौं । बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसद्बाट अनुमोदन गराउन जोड गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा एक हुन् । कांग्रेस सभापतिसमेत रहेका देउवालाई १६ फागुनसम्ममा परियोजना अनुमोदन गरेर अघि बढ्न अमेरिकी सरकारको दबाब छ ।
तर, उनकै पार्टी कांग्रेसको परियोजना अनुमोदन गर्नुपर्ने भन्ने आधिकारिक धारणा भने होइन । त्यसका लागि त कांग्रेस केन्द्रीय समिति बैठक बस्नुपर्छ । यही १४ माघमा बसेको केन्द्रीय समिति बैठकमा पनि एमसीसी परियोजनाबारे छलफल हुन सकेन ।
तर, पनि प्रधानमन्त्री देउवा र पार्टीमा उनी निकट नेताहरूको जोड एमसीसी परियोजना संसद्बाट अनुमोदन गरेर अघि बढ्नुपर्ने भन्नेमा छ ।
डा. शेखर कोइराला समूहबाट सहमहामन्त्री भएका नेता जीवन परियार भने एमसीसीबारे प्रधानमन्त्री देउवासहित नेताहरूले दिँदै आएको अभिव्यक्तिलाई पार्टीको आधिकारिक धारणाको रूपमा बुझ्न नहुने बताउँछन् ।
‘पार्टीको आधिकारिक फोरम भनेको केन्द्रीय समिति बैठक हो । बैठक बस्नुपर्छ । बैठकले निर्णय लिनुपर्छ । अहिलेको सन्दर्भमा बैठकले एमसीसीबारे के गर्ने भन्ने निर्णय नगर्दासम्म नेताहरूले बोलेको कुरा पार्टीको आधिकारिक धारणा होइन’,सहमहामन्त्री परियारले न्युज कारखानासँग भने ।
हुन त कांग्रेसमा एमसीसी परियोजनाबारे विरोधको स्वर सुनिएको छैन । कारण, परियोजनालाई अघि बढाउने भूमिका यसअघि देउवा नेतृत्वमै रहेकोे सरकारको पनि थियो ।
त्यही भएर परियोजना अनुमोदन गराउन प्रधानमन्त्री देउवा र उनी नेतृत्वको कांग्रेसलाई दबाब छ । परियोजना अनुमोदन गराउन सत्ता सहयात्री दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी अनिच्छुक छन् ।
अनुमोदन गराउनु परे परियोजनासँग सम्बन्धित सम्झौताको केही प्रावधान संशोधन गर्नुपर्नेमा जोड छ । गठबन्धनमै रहेको दल राष्ट्रिय जनमोर्चा त परियोजना अनुमोदन गर्नै नहुने पक्षमा छ ।
तैपनि कांग्रेस भने पार्टी केन्द्रीय समिति बैठक राखेर परियोजनाबारे आधिकारिक धारणा तय नगरी नै अनुमोदन गर्ने दिशामा अघि बढेको छ । गठबन्धनमा रहेका अन्य दलहरूमाथि पनि अनुमोदन गराउनबारे दबाब बढाएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend