Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जेठ ४ गते एकै चरणमा चुनाव गर्न प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल


    मंगलबार, माघ १८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा एकै चरणमा निर्वाचन गर्ने विषयमा छलफल भएको छ । 

    निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ जेठसम्म मात्र रहने र त्यसअघि नै निर्वाचन गर्नुपर्ने भन्दै सरकारलाई ताकेता गर्दै आइरहेको थियो ।

    सोही विषयमा प्रधानमन्त्री देउवा र आयोगका पदाधिकारीबीच मंगलबार छलफल भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल ४ जेठमै निर्वाचन गर्ने विषयमा केन्द्रित थियो । 

    सत्तारुढ गठबन्धनबीच जेठमै स्थानीय तहको निर्वाचन गर्ने र त्यसका लागि संविधानसँग बाझिएका ऐन कानुन संशोधन गर्ने निर्णय गरे पनि कहिले निर्वाचन गर्ने भन्ने टुंगो लागिसकेको छैन । तर, कांग्रेस सभापतिसमेत रहेका देउवाले पार्टीका नेताहरूसँगको भेटमा ४ जेठमै निर्वाचन हुने जानकारी दिइसकेका छन् ।

    नेपाली कांग्रेस बागमती प्रदेशका प्रतिनिधिहरूसँग सोमबार साँझ बालुवाटारमा भेटघाटको क्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ४ जेठमा गर्ने जानकारी गराएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार