Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगामी जेठ ४ मा निर्वाचन गर्ने देउवाकाे सङ्केत, तयारीमा रहन निर्देशन


    मंगलबार, माघ १८ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । स्थानीय तहको निर्वाचन मिति तोक्न चाैतर्फीबाट दबाब आइरहेकाे बेला प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै चुनाव गराउने सङ्केत गरेका छन् ।

    सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा देउवाले आगामी जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोक्ने सङ्केत गर्दै त्यसका लागि तयारीमा जुट्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएका छन् ।

    सोमबार देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यू समयमै चुनाव गराउने पक्षमा हुनुहुन्छ । उहाँले २०७९ जेठ ४ गते स्थानीय निर्वाचन गर्ने कुरा गर्नुभयो ।’ देउवाले त्यसका लागि तयारीमा जुट्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको श्रेष्ठले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार