Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बनेपामा सभामुख सापकोटालाई कालो झण्डा देखाइयो


    मंगलबार, माघ १८ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काभ्रे । सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाइएको छ । सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई अनेरास्ववियु काभ्रेले कालो झण्डा देखाएको हो । 

    सोमबार साँझ मसला जुलुस निकालेको अनेरास्ववियु काभ्रेले मंगलबार बिहान सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो । 

    एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएका बेला उसको भ्रातृ संगठनले कालो झण्डा देखाएको हो । 

    यसअघि मंगलबार बिहान नै पुल्चोकमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि एमाले कार्यकर्ताले कालोझण्डा देखाएका थिए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार