Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पुल्चोकमा सञ्चारमन्त्री कार्कीको बाटो छेकेर देखाइयाे कालो झण्डा


    मंगलबार, माघ १८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।अनेरास्ववियुका कार्यकर्ताहरुले सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई घेरा हालेर कालो झण्डा देखाएका छन् ।

    उनीहरुले मुर्दावादको नारा लगाउँदै  मन्त्री कार्की चढेको गाडीको बाटो छेकेर कालो झण्डा देखाएका हुन् । 

    एकछिनपछि मात्र प्रहरी आएर उनीहरुलाई हटाएपछि मन्त्री कार्की गन्तव्यमा लागेका थिए । 

    अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको भन्दै मन्त्री कार्कीलाई केन्द्रीय कमिटीको योजना अनुसार नै कालो झण्डा देखाएको बताइन् ।

    उनका अनुसार मन्त्री कार्की मन्त्री निवासबाट सिंहदरबारतर्फ गइरहेको बेला कालो झण्डा देखाइएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार