Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीविहीन एमालेसँग पार्टी एकीकरण हुन्छ: मन्त्री खतिवडा


    सोमबार, माघ १७ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । स्वास्थ्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मकवानपुरमा आएर चुनाव लड्न चुनौती दिएका छन् ।

    मन्त्री खतिवडाले हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसँगको कुराकानीमा हिम्मत भए चुनाव लड्न मकवानपुर आउन ओलीलाई चुनौती दिएका हुन्।

    प्रस्तोता बानियाँले हिमालय देखेपछि तपाइलाई १०५ को जरो आउछ, तपाईहरु त अधिनायकबाधी जस्तो लाग्छ नी भन्ने प्रश्नको जवाफमा पूर्व एमालेका नेता समेत रहेका खतिवडाले भने, ‘ मकवानपुरमा आए हुन्छ, एमालेको सबभन्दा बलियो, बहुबाली, राजनेता, ‘बा’ आए हुन्छ।

    यस्तै, मन्त्री खतिवडाले ओली बिनाको एमालेसँग अझैं पनि एकता गर्न सकिने बताए। कार्यक्रममा मन्त्री खतिवडाले प्रस्तोता बानियाँको खोप सम्बन्धी जवाफमा पाँचदेखि ११ बर्षसम्मका बालबालिकालाई पनि छिट्टै खोप लगाइने बताएका छन्। तर, बालबालिका लागि खोप स्वीकृत हुनुपर्ने उनको भनाइ छ। 

    ‘तपाईहरु चाहिँ गठबन्धनमै चुनावमा जाने हो’ ? एक्लै लड्ने हिम्मत छैन, ‘भन्ने प्रश्नमा उनले एमालेले एक्लै लडे नेकपा एसले पनि एक्लै लड्ने चेतावनी दिए। आफूले अहिलेसम्म उठेका चुनावमा कहिल्यै नहारेको दाबी गरे।

    तत्काल नेकपा माओवादी केन्द्रसँग एकता नहुने खतिवडाको भनाइ छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार