Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • संविधानसभा सदस्य डा. दुमन थापाको निधन


    सोमबार, माघ १७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता एवं संविधानसभा सदस्य डा. दुमन सिंह थापाको निधन भएको छ ।

    अर्घाखाँची क्षेत्र नम्बर २ बाट निर्वाचित संविधानसभा सदस्य थापाको आइतबार ६२ बर्षको उमेरमा काठमाडौंको हेम्स हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।  

    पारिवारिक स्रोतका अनुसार थापालाई कोरोना संक्रमण भएको बताइएको छ । थापाले करिब दुई बर्ष अगाडि मृगौला प्रत्यारोपण समेत गरेका थिए । साथै ३ दिन अगाडि साइड इफेक्ट भएपछि थापा हेम्स हस्पिटल भर्ना भएका थिए। 

    नरपानीमा जन्मेका थापाले संविधानसभाको निर्वाचनमा १६६५० मत प्राप्त गरेका थिए । थापाको निधनमा पार्टी अध्यक्ष माधव कुमार नेपालले श्रद्धान्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट समेत गरेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार