Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवाको निर्देशन- शहीदको एकीकृत अभिलेख राख्नु


    आइतबार, माघ १६ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिएका छन् ।

    आइतबार शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्तम्भमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शहीदसम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै यस्ताे निर्देशन दिएका हुन ।

    ‘मुलुकभर विभिन्न राजनीतिक आन्दोलनमा शहीद भएका सबै शहीदहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गरी सुरक्षित राख्न जरुरी भएको हुँदा म सम्बन्धित मन्त्रालयलाई यस विषयमा ठोस कार्य अघि बढाउन निर्देशन दिन चाहन्छु’ उनले भने ।

    शहीदको योगदानलाई चिरस्थायी बनाउन सरकारले शहीदहरुको नाममा विभिन्न मार्गको नामाकरण गर्ने, पुस्तकालय स्थापना गर्ने, शहीदहरुको जीवनीसँग सम्बन्धित कुरा प्रकाशन गर्ने, युवा पुस्तालाई जागरुक बनाउने, शहीदका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने लगायतका काम गर्दै आएको प्रधानमन्त्री देउवाले बताए । ‘यस्ता कामहरुलाई राजनीतिवृत्तमा थप विस्तार गरी शहीद परिवारलाई सक्दो सहयोग प्रदान गर्न सरकारले ध्यान दिनेछ’ उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार