Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्रान्तिकारी माओवादीले २१ माघमा देशभर विरोध प्रदर्शन गर्ने


    आइतबार, माघ १६ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने भएको छ । 

    शनिबार बसेको स्थायी कमिटी बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी), भारतले गरेको सीमा अतिक्रमण लगायतको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो । 

    देशको राष्ट्रिय स्वाधीनताको रक्षा तथा सार्वभौमिकताको प्रश्न गम्भीर बन्दै गएको भन्दै खबरदारी स्वरुप सो पार्टीले विरोध प्रदर्शन गर्न लागेको  मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले विज्ञप्ति जारी गर्दै एकातिर अमेरिकी साम्राज्यवादले एमसीसी परियोजना थोपर्ने धृष्टता गर्दै आएको र अर्कोतिर भारतीय विस्तारवादले लिपम्पयाधुरा, कालापानी, लिपुलेक क्षेत्रमाथि निर्लज्ज अतिक्रमण गरेको जनाएका छन् । गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस संसदबाट एमसीसी पारित गराउन लागि परेको तथा अतिक्रमित लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाउँदा र त्यसको विस्तार गर्दा पनि पाँच दलीय गठबन्धन सरकारले आधिकारिक तथा औपचारिक रुपमा कुनै प्रतिवाद नगरेको उनको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार