काठमाडौं । नेकपा (एमाले)काे जनसंगठन समन्वय संयन्त्रले स्थानीय तहकाे निर्वाचन आगामी वैशाखभित्रै गर्नेगरी मिति घाेषणा गर्न सरकारसँग माग गरेकाे छ ।
सत्ता गठबन्धनले आगामी जेठमा स्थानीय तहकाे निर्वाचन गर्ने निर्णय गरेकाे विवरण सार्वजनिक भइरहँदा एमालेले भने वैशाखभित्र निर्वाचन हुनुपर्ने बताएकाे हाे ।
भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा शनिबार बसेको बैठकले नेपालको संविधानले स्थानीय तह, प्रदेश र संघीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको व्यवस्था गरेको उल्लेख गर्दै समयमै निर्वाचन हुनुपर्ने ठहर गरेको हो ।
‘संविधानको धारा २१५ र २१६ ले गाउँ/नगर पालिकाको अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडा अध्यक्ष र सदस्यको प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित मितिले ५ वर्ष पुगेकै मितिमा पदमुक्त हुने व्यवस्था गरेको छ,’ संयन्त्रका संयोजक भानुभक्त ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
वैठकले ‘स्थानीय तहको निर्वाचन तुरुन्त गर- संविधान र लोकतन्त्रको रक्षा गर’ भन्ने मूल नाराका साथ सबै जनसंगठनले आआफ्नो तवरले आन्दोलन अगाडी बढाउने निर्णय बैठकले गरेको छ ।
यस्तो छ विज्ञप्ति:

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend