Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धनको बैठक पुन: सुरु


    शनिबार, माघ १५ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः सुरु भएको छ । स्थानीय निकायको निर्वाचनलगायत विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन: बसेको हो ।

    बिहान बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि पुनः बैठक बोलाइएको छ । बैठकमा स्थानीय निकायको निर्वाचनमा विषयमा छलफल हुने छ ।

    अहिले जारी बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिबाहेक चारवटै राजनीतिक पार्टीका शीर्षनेताको उपस्थिति रहेको छ । पार्टीको काम विशेषले काठमाडौंबाहिर रहेको बताउँदै जनमोर्चाका प्रतिनिधि भने बैठकमा उपस्थित हुन सकेका छैनन् ।न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार