Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड र नेपाललाई महेश बस्नेतको सुझाव- देशमा अब च्याँखे थाप्ने दलको काम छैन कांग्रेससँग एकता गर्नुस्


    शुक्रबार, माघ १४ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । एमालेका नेता महेश बस्नेतले अब देशमा च्याँखे थाप्ने दलको काम नभएकाे भन्दै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई नेपाली कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका छन् ।

    प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ठूला दलका बीचमा खेलेर अस्थिरता सिर्जना गर्नेु भन्दा पार्टी एकता गर्नु उचित भएकाे बताएका हुन ।

    ‘देशमा अब च्याँखे थाप्ने दलको काम छैन, यसले विकास र समृद्धि रोकिन्छ’ नेता बस्नेतले भने, ‘ठूला दलका बीचमा खेलेर अस्थिरता सिर्जना गर्ने यस्ता दललाई जनताले पनि साथ दिन हुन्न ।’

    उनले पाँच दल मिल्दा पनि एमालेलाई चुनावमा जित्न नसक्ने भयले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको समेत टिप्पणी गरे । स्थानीय तहको निर्वाचन सार्न संविधानको अपव्याख्या गर्ने काम स्वयं सरकारले गरिरहेको नेता बस्नेतले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार