काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी दरखास्त परेको छ ।
पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भन्दै यादवविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् ।
उनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन खोज्दा लिन नमानेपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी पठाएका छन् ।
मन्त्री यादव ५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले अध्यक्ष राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।