उदयपुर।नेकपा (माओवादी केन्द्र) उदयपुरमा जिम्मेवारी बाँटफाँट भएको छ । पार्टीको प्रदेश १ कमिटी बैठकले नेताहरुको पदीय जिम्मेवारी तोक्दै कार्यविभाजन गरेको हो ।
पार्टीले मोहन खत्री (दिपक) लाई प्रदेश विभाग वा जनवर्गीय संगठन-मोर्चा मध्ये कुनै एउटामा ईन्चार्ज तोक्ने निर्णय गरेको छ । भीम अधिकारी (अनिल), राजन किराती (बासु) र केपी बराललाई जिल्ला सहईन्चार्जको जिम्मेवारी सुम्पेको छ । जिल्ला समन्वय संयोजकमा विनोद कटुवाललाई जिम्मेवारी दिइँदा सचिवमा किरण राई चयन भएका छन् ।
संघीय निर्वाचन क्षेत्र १ को इन्चार्जमा द्रोण पौडेल (निरज) तोकिएका छन् भने २ को इन्चार्ज नारायण बुर्जा मगर भएका छन् । अमृता राई खत्री र दिलकुमारी मगर अधिकारी संघीय निर्वाचन क्षेत्र १ सहइन्चार्ज तोकिदा २ को सहइन्चार्जमा भेषकुमारी राउत (कोपिला) र काजीमान तामाङ (जिज्ञासा) तोकिएका छन् ।
प्रदेश निर्वाचन क्षेत्रतर्फ १ (क) को इन्चार्ज रमण भट्टराई तोकिँदा (ख) को इन्चार्ज सम्झना तामाङ (योद्धा) भएकी छिन् । एवीराज राई प्रदेश २ (क) को इन्चार्ज तोकिँदा २ (ख) को ईन्चार्ज भगवति खनाल (निशा) भएकी छिन् । प्रदेश २ (क) को सहईन्चार्ज निर्मला मगरले पाएकी छिन् भने (ख) को सहईन्चार्ज पद खाली राखिएको छ ।
त्रियुगा नगर कमिटी ईन्चार्जमा बिमल राई तोकिएका छन् भने सहइन्चार्ज हुनेमा त्रियुगा नगरपालिकामा रुद्र अधिकारी, केदार दनुवार र पदम दाहाललाई जिम्मा दिइएको छ ।
कटारी नगर ईन्चार्ज हेम दाहालले पाएका छन् भने सहइन्चार्ज तोक्न बाँकी छ । चौडण्डीगढी नगर ईन्चार्ज सन्तोष सुवेदी (बलिदान) र सहईन्चार्ज देवनारायण चौधरीलाई दिइएको छ । बेलका नगर ईन्चार्जको जिम्मेबारीमा राकेश किरातीलाई ल्याइएको छ भने सहईन्चार्जमा बुङासरी राई र पर्शुराम कठेतलाई तोकिएको छ ।
गाउँपालिकातर्फ ताप्ली गाउँपालिका ईन्चार्जमा ढुंगराज विक र सहईन्चार्ज प्रेम राई, लिम्चुङवुङ गाउँ ईन्चार्ज झनक विकलाई तोक्दा सहईन्चार्ज लिलाबहादुर परियार तोकिएका छन् ।
उदयपुरगढी गाउँ ईन्चार्जमा देव गिरी छानिदा सहईन्चार्ज देवी राई तोकिएका छन् । प्रदेश कमिटीले जिम्मेवारी तोक्न बाँकी भुगोलमा छिट्टै तोकिने जनाएको छ ।
प्रदेश परिषद, जिल्ला समन्वय र प्रदेश विभागमा पनि केही संख्या मनोनयन गर्न बाँकी ठाउँमा छिट्टै पूर्ति हुने जनाइएको छ । प्रदेश परिषद्मा ५ जना, जिल्ला समन्वयमा १५ जना र प्रदेश विभागमा २५ जना नाम थप्न बाँकी छ । जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाकार पनि थपघट हुने बताइएको छ । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend