जनकपुरधाम । राष्ट्रिय सभा सदस्यमा मधेस प्रदेशमा दुवै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
बुधबार मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधामस्थित महेन्द्रनारायण प्रतिष्ठानमा भएको मतदानमा अन्यतर्फबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार मोहम्मद खालिक सिद्दिकी र महिलातर्फ माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याल विजयी भएका हुन् ।
सिद्दिकीले स्थानीय तहतर्फ १ सय ७१ मत अर्थात् ३ हजार ७८ मतभार प्राप्त गरेका छन् । अर्यालले स्थानीय तहतर्फ १ सय ५८ मत अर्थात् २ हजार ८ सय ४४ मतभार प्राप्त गरेकी थिइन् । प्रदेशसभातर्फ ६९ मत अर्थात् ३हजार ३सय १२ मतभार र सिद्दिकीले ७५ मत अर्थात् अर्थात् ३ हजार ६ सय मत प्राप्त गरेका छन् ।
यसरी स्थानीय तह र प्रदेश गरी सिद्दिकीले ६ हजार ६ सय ७८ मतभार र अर्यालले ६ हजार १ सय ५६ मत पाएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार अर्यालका प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले स्थानीय तह ८१ मत आर्थात् १ हजार ४ सय ५८ र प्रदेश तर्फ २७ मत अर्थात् १ हजार २ सय ९६ मत गरी कुल मतभार २ हजार ७ सय ५४ पाएकी थिइन् । त्यसैगरि, एमालेकी उम्मेदवार बिनादेवी यादवले स्थानीय तहतर्फ ९ अर्थात् १६२ मतभार र प्रदेश तर्फ ३ अर्थात् १४४ गरी ३सय ६ मतभार पाएकी हुन् ।
त्यसैगरि, सिद्दिका प्रतिद्वन्द्वी तथा एमाले र लोसपा गठबन्धनका उम्मेदवार उसमान अन्सारीले स्थानीय तहतर्फ ८७ मत अर्थात् १ हजार ५ सय ६६ र प्रदेशतर्फ २५ अर्थात् १ हजार २ सय गरी कुल २ हजार ७ सय ६६ मतभार प्राप्त गरेका छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार अन्य कोटामा प्रदेशतर्फ २ र स्थानीय तहतर्फ ६ गरी ८ मत बदर भएको थियो भने महिला कोटामा तर्फ प्रदेशतर्फ ३ र स्थानीय तहतर्फ १६ गरी १९ मत बदर भएको थियो । न्यूज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend