Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा चुनाव : एमालेले ८ मध्ये ७ सिट गुमायो


    बुधबार, माघ १२ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि आज भएको १९ पदको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । 

    पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि आज सात वटा प्रदेशमा निर्वाचन भएको थियो । जसको मत परिणाम सार्वजनिक भइसकेको हो । 

    निर्वाचन भएका १९ सदस्य मध्ये एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४/४ र कांग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ । 

    आजको निर्वाचनमा नेकपा एमालेले सकिन लागेको आफ्नो कोटाको ८ मध्ये १ सिटमात्र जोगाएको छ भने बाँकी ७ सिट गुमाएको छ । एमालेले गुमाएको सात सिट गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पाएका छन् । न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार