खोटाङ । खोटाङका १० स्थानीय तहमा नेकपा माओवादी केन्द्रको इन्चार्ज तथा सह–इन्चार्ज तोकिएका छन् । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको मंगलबार बसेको बैठकले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाको इन्चार्ज तथा सह-इन्चार्ज तोकेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा होमकाजी आचार्य (विनोद)लाई इन्चार्ज र विकास राईलाई सह-इन्चार्ज, हलेसी तुवाचुङ नगरपलिकामा हस्तबहादुर राई (आमोद)लाई इन्चार्ज र चईन्द्र राई (आक्रोश)लाई सह-इन्चार्ज तोकिएको छ ।
यस्तै, ऐसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईले इन्चार्ज र श्रीमबहादुर राईले सह–इन्चार्ज, खोटेहाङ गाउँपालिकामा उदिम बान्तावा (मुक्ति)ले इन्चार्ज तथा शुसिला बान्तवा र इन्द्र नाराथुङ्गेले सह–इन्चार्ज, जन्तेढुंगा गाउँपालिकामा अरुणा राईले इन्चार्ज तथा बिरवल किराँती र राजकुमार बिष्टले सह–इन्चार्जको जिम्मेवारी पाएका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अजम्बर राई इन्चार्ज र लक्ष्मीकुमार राई सह–इन्चार्ज, बराहपोखरी गाउँपालिकामा निशाना राई इन्चार्ज, रावावेँसी गाउँपालिकामा सीताराम अधिकारी (भूमि) इन्चार्ज, साकेला गाउँपालिकामा अर्जुन खड्का (झंकार) इन्चार्ज र बिर्सिका राई सह–इन्चार्ज तोकिएका छन् ।
केपिलासगढी गाउँपालिकामा भने इन्चार्ज र सह–इन्चार्ज तोकिएका छैनन् । इन्चार्ज र सह–इन्चार्ज नतोकिएसम्म केपिलासगढीमा जिल्ला समन्वय समितिले हेर्ने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङको संयोजकमा दिपक पाण्डे (आकाश)ले बताए । माओवादी केन्द्रले बराहपोखरी र रावाबेँसी गाउँपालिकाको सह–इन्चार्जको टुंगो लगाउन पनि बाँकी राखेको छ ।
प्रदेश कमिटीले नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङको संयोजकमा पाण्डे र सचिवमा जीवन राई (संगीन)लाई अघि सारेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend