पोखरा । फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभा सदस्यका लागि गण्डकीमा पनि आज मतदान हुँदैछ । ३ सिटका लागि २० पुसमा नै मनोनयन दर्ता भइसकेको छ ।
सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुँदैछ । कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र एकीकृत समाजवादी एकातिर छन् भने एमाले अर्कोतिर छ । गण्डकीमा राप्रपाले भने मतदान नगर्ने जनाएको छ । राप्रपाले प्रदेश १ बाहेकमा मतदान नगर्ने निर्णय गरेकाे थियाे ।
यद्यपि राप्रपाभित्र मतभेद कायम छ । दुई उपमेयर जितेको राप्रपाबाट बागलुङका उपमेयरले मतदान नगर्ने भनेका छन् भने बेनीकी उपमेयर मतदानका लागि पोखरा आइसकेकी छिन् । यहाँ ६ जनाको मनोनयन दर्ता भएको छ ।
गठबन्धनबाट ३ र एमालेका ३ उम्मेदवारले नाम दर्ता गराएका हुन् । गठबन्धनको तर्फबाट महिलामा कांग्रेस नेतृ कमला पन्त, दलितमा भुवन सुनार र खुलामा सुरेश आलेमगरले उम्मेदवारी दिएका छन् ।
एमालेबाट खुलामा पुण्य पौडेल, महिलामा लिला थनेत र दलितमा अर्जुनकुमार सुनामले मनोनयन दर्ता गराएका छन् । दिउँसो ३ बजेसम्म मतदान हुनेछ । गण्डकीमा २ सय २९ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । सांसदको मतभार ४८ छ भने पालिकाका जनप्रतिनिधिको १८ मतभार रहनेछ । जनप्रतिनिधि र सांसदको हिसाव गर्दा गठबन्धनभन्दा एमाले ७ सय ४ मतभारले पछाडी छ।
२७ सांसद रहेका एमालेको मतभार १ हजार २ सय ९६ हुन्छ । १५ सांसद रहेको कांग्रेससँग ७ सय २०, १२ जना सांसद रहेको माओवादी सँग ५ सय ७६ मतभार छ भने जनमोर्चा र जनता समाजवादीसँग ९६/९६ मतभार छ ।
स्थानीय तहतर्फ कांग्रेसका ८३ जनप्रतिनिधि छन् । उनीहरुको मतभार १ हजार ४ सय १८ हुन्छ । ६९ जना एमाले जनप्रतिनिधिको मतभार १ हजार २ सय ४२ छ भने १२ जना जनप्रतिनिधि रहेका माओवादीको मतभार २ सय १६ छ । यहाँ जनमोर्चाको ३ जनप्रतिनिधि र राप्रपाका २ जनप्रतिनिधि छन् । मतभार हिसाव गर्दा जनमोर्चाको ५४ र राप्रपाको ३६ हुन्छ ।
समग्रमा एमाले एक्लैसँग २ हजार ५ सय ३८ मतभार छ । कांग्रेससँग २ हजार १ सय ३८, माओवादीसँग ७ सय ९२ मतभार छ । जनमोर्चासँग १ सय ५०, जनता समाजवादीसँग ९६ र राप्रपासँग ३६ मतभार छ । स्वतन्त्र सांसद राजिव गुरुङ गठबन्धन सरकारको मन्त्री छन् । उनले गठबन्धनमै मतदान गर्ने दावी गठबन्धनका नेताको छ । यद्यपी उनले आफ्नो धारणा राखेका छैनन् ।
स्थानीय तह र प्रदेशसभाका सांसदहरु पार्टीबाट निर्वाचित हुने भएकोले फरक पर्ने खालको नतिजा खासै आउँदैन । गण्डकीमा माओवादीबाट निर्वाचित सांसद दिनानाथ शर्मा र खिमबहादुर विक तथा तत्कालीन एमाले (हाल एकीकृत समाजवादी) बाट निर्वाचित शान्तिकुमारी अधिकारीको अवधि सकिएको छ । सबै जनप्रतिनिधि र सांसदहरु मतदानका लागि पोखरा आइसकेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend