Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युक्रेन संकट : अमेरिकी सैनिक अलर्ट, रुसले भन्यो – चिन्ता बढाउने कदम


    मंगलबार, माघ ११ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  रूसले अमेरिकाले ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय चिन्ताको विषय भएको बताएको छ । 

    युक्रेनमाथि रुसी आक्रमणको सम्भावना रहेको भन्दै अमेरिकाले ८ हजार ५ सय सैनिकलाई तयारी अवस्थामा राखेको जनाएपछि मंगलबार क्रेमलिनको यस्तो प्रतिक्रिया आएको हो । 

    क्रेमलिनका प्रवक्ता दिमित्रि पेसकोवले युक्रेन संकटलाई रुसले नभइ अमेरिका र नेटोले बढाइरहेकोप्रति फेरि एकपटक जोड दिए । 

    यसअघि नेटोले सुरक्षा बललाई तयारी अवस्थामा रखेको र पूर्वी युरोप तर्फ जहाज र लडाकु विमान पठाइन लागेको जनाएको थियो । जसको रुसले कडा निन्दा गरेको थियो । 

    अमेरिका र यूरोपका केही देशले रूसले युक्रेनको सीमामा करिब १ लाख सैनिक परिचालनमाथि प्रश्न उठाइरहेका छन् । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार