जनकपुरधाम । बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पुरा भएको छ । मधेस प्रदेशमा राष्ट्रिय निर्वाचनको लागि मतदान स्थल जनकपुरधामको महेन्द्रनारायण निधी प्रतिष्ठान तोकिएको छ ।
बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पुरा भइसकेको मधेस प्रदेश निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । कोरोना महामारीलाई मध्यनजर गर्दै निर्वाचन आयोगले स्वास्थ्य सुरक्षा सम्बन्धी तोकेको १९ बुँदे मापदण्डलाई पूर्ण रूपमा पालन गरी निर्वाचन तालिका तोकिएको उनले बताए ।
संक्रमित मतदाताका लागि बेग्लै मतदान स्थल बनाइएको छ भने मत खसाल्न बेग्लै बाकससमेत राख्ने व्यवस्था मिलाइएको निर्वाचन अधिकृत प्याकुरेलले बताए । मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली समेत खटाइने उनले बताए । मतदान सकिए लगत्तै मतगणना सुरु गरेर मत परिणाम आउने तरिकाले व्यवस्था भएको उनले बताए ।
मधेस प्रदेशका ८ वटै जिल्लामा राष्ट्रिय सभाको लागि ३ सय ७२ मतदाता रहेको छ । निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने उनले बताए । प्रदेश सभा सदस्यहरूको लागि सेतो पानामा हरियो रंग भएको मतपत्र रहेको छ भने पालिका प्रमुख र उपप्रमुखको लागि रातो मासिक विवरण भएको मतपत्र रहेको छ ।
त्यसैगरि, मतदान स्थलमा प्रदेश सांसद र पालिकाका प्रमुख उपप्रमुखको लागि पनि फरक फरक स्टिकर र केन्द्र तोकिएको बताउँदै अधिकृत प्याकुरेलले भने,‘प्रदेश सभाका लागि हरियो मतपत्र र लाइन छुट्टै हुन्छ भने पालिका प्रमुख उपप्रमुखहरूको लागि रातो रंगको मतपत्र, छुट्टै मतपेटिका र लाइन अलग हुन्छ ।’ महिला, दलित, अपाङ्ग, अल्पसंख्यक र अन्य गरेर चार किसिमको क्लस्टर रहेको छ ।
प्रदेश सरकारका मन्त्री र कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाका कार्यालय तथा कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठनलाई आचार संहिता लाग्ने उनले बताए ।
यसैबीच, राष्ट्रियसभा सदस्य चुनावका लागि मधेस प्रदेशमा दुई पदमा विभिन्न ४ दलबाट ४ जनाले उम्मेदवारी दिएका छन् । सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र र जसपाले १–१ जना र नेकपा एमाले लोकतान्त्रिक समाजवादी पार्टी गठबन्धनबाट २ जना उम्मेदवारी दिएका हुन् । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला कोटामा र अन्य समूह कोटामा जसपातर्फबाट सिराहामा मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दिएका छन् ।
लोसपाबाट महिला कोटामा महोत्तरीकी रूपा यादव, नेकपा एमालेको तर्फबाट अन्य समूहमा पर्साका उस्सान अन्सारीले उम्मेदवारी दिएका हुन् । महिला कोटमा एमालेबाट उम्मेदवारी दिएकी बिनादेवी साहले आफ्नो उम्मेदवारी फिर्ता गरिसकेकी छिन् ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ । निर्वाचन आयोगले पालिका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । यस हिसाबले मधेस प्रदेशमा स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ ।
राजनीतिक दलका आधारमा कांग्रेसको २ हजार ३७० मतभार, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ ।
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend