Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिटामोल उपलब्धताको तत्काल प्रबन्ध मिलाउन सर्वोच्चको आदेश


    मंगलबार, माघ ११ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले सिटामोलको प्रबन्ध गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मंगलबार सिटामोलको उपलब्धता सहज गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

    नागरिकलाई सिटामोल औषधि तत्काल उपलब्ध गराउन आदेश गरिएको छ । टीकाबहादुर कुँवरलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दर्ता गरेको रिटमा सुनुवाइ गर्दै सिटामोलको प्रबन्ध गर्न आदेश जारी भएको हो । आदेशले दुवै पक्षलाई माघ १७ गते छलफलको लागिसमेत बोलाएको छ ।

    citamol_6IlHGcrUys.jpgcitamol1_E5IgCESgUe.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार