काठमाडौं । गायक तथा संगीतकार उत्तम पौडेलको आधुनिक गीतिसंग्रह हजारौँ माझ सार्वजनिक भएको छ । गायक पौडेल रामेछाप साँस्कृतिक कलाकार समाजका बरिष्ठ उपाध्यक्ष समेत रहेका छन् । गायक पौडेलको आफ्नै शब्द र स्वर रहेको उक्त गीतमा संगीतकार प्रेमकृष्ण बजगाईंको संगीत रहेको छ ।
U.P. Music युट्युब च्यानल मार्फत सार्बजनिक भएको सो गीतको रेकर्डिङ सुर मेलोडी रेकर्डिङ स्टुडियो क्षेत्रपाटीमा भएको हो । यसको एरेन्ज अनि बाद्यबादन सम्बन्धी सम्पूर्ण ब्यबस्थापन बुद्ध सायमीले गरेका छन भने भिडियो सम्बन्धी ब्यबस्थापन कृष्ण राईले र इडिटिङ गंगाराम राईले गरेका छन ।
गीतको शब्द र भावलाई मध्यनजर गर्दा यो गीत हेर्ने भन्दा पनि ज्यादा सुन्ने प्रकृतिको भएको हुँदा हाललाई स्टुडियो टेक र रेकर्डिङको परिबेशलाई मात्र कैद गरी भिडियो निर्माण गरिएको गायक पौडेलले बताए ।
यस्तो छ U.P. Music युट्युब च्यानल मार्फत सार्बजनिक भएको गायक पौडेलको गीत
https://www.youtube.com/watch?v=19q85mmGJ_4