Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालविरुद्ध मौरिसस: एक तिहाइ दर्शक राखिने


    मंगलबार, माघ ११ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि एक तिहाइ दर्शकलाई मैदान प्रवेश दिने भएको छ । 

    एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै १५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलका लागि मैदानको कुल क्षमताको ३३ प्रतिशत दर्शकलाई मैदान प्रवेशका लागि अनुमति दिने भएको छ । 

    यस्तै एन्फाले मैदानको टिकट दर समेत निर्धारण गरेको छ ।  भिआइपी तर्फ एक हजार र सामान्य तर्फ पाँच सय टिकट निर्धारण गरिएको हो । 

    यस्तै एन्फाले दुवै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने बताएको छ । 

    यस अघि एन्फा दर्शक प्रवेशमा अनिर्णीत बनेको थियो । जिल्ला प्रशासनको स्वीकृत पछि एन्फा मैदानमा दर्शक प्रवेश गराउने निर्णयमा पुगेको हो । 

    खेलको लागि मौरिसस टोली हिजो (सोमबार) नै नेपाल आइसकेको छ । यता, नेपाली टोली भने प्रशिक्षणमा व्यस्त छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । जसमा ९ खेलाडीले पहिलो पटक अवसर पाएका छन् । 

    प्रशिक्षक अब्दुल्लाहले केही दिनमै २३ सदस्यीय टिम घोषणा गर्नेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार