Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले र कांग्रेस त्याग्दै १३७ नेता–कार्यकर्ता नेकपा समाजवादीमा प्रवेश, अध्यक्ष नेपालले गरे स्वागत 


    मंगलबार, माघ ११ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका इमान्दार कार्यकर्ता पंक्तिलाई भन्दा मण्डले र गुण्डागर्दी पृष्ठभूमिबाट आएका महेश बस्नेत, बबन सिंह र प्रभु शाह प्रवृत्तिलाई महत्व दिंदै जान थालेपछि त्यो पार्टीबाट बिद्रोह गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ ।

    कम्युनिष्ट आदर्शबाट च्यूत भइसकेको एमाले त्याग्ने र नेकपा एकीकृत समाजवादी पार्टीमा गोलबद्ध हुने क्रम जारी छ । यसैक्रममा आज रामेछापका १ सय ३७ भन्दा बढी नेता कार्यकर्ता रामेछापको खाँडादेवी गाउँपालिकाका विभिन्न वडाहरुबाट नेकपा एमाले, नेपाली कांग्रेसमा आबद्ध  युवाहरुले नेकपा समाजवादी पार्टी रोजेका छन् ।

    एमालेका नोर्बु लामा, श्याम लामा, रमेश लामा, प्रदीप लामा, अशोक लामासहितका नेता कार्यर्ताहरु नेकपा समाजवादीमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसबाट अक्षयकुमार खत्रीसहितका नेता कार्यकर्ता समाजवादीमा आएका छन् । 

    काठमाडौंको चक्रपथस्थित अरिकल इभेन्ट्समा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उनीहरुलाई पार्टी प्रवेश गराएका छन् । पार्टीका अध्यक्ष नेपालको प्रमुख आतिथ्यतामा १ सय ३७ जना युवालाई  पार्टी प्रवेश गराएको नेकपासमाजवादी पार्टी रामेछापका जिल्ला सचिव  लालसिङ घिसिङले जानकारी दिएका छन् ।

    उक्त कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीप्रति युवाहरुको आकर्षण बढ्दै गएको बताएका छन् । नेपाली कांग्रेस, एमाले सहितका पार्टीबाट प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष नेपालले भने–आउँदो कात्तिक–मंसिरमा केन्द्र, प्रदेश र संघको चुनावमा जाने बताए ।

     उनले २०७४ असोज २ गते निर्वाचित भएका स्थानीय तहका पदाधिकारीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिनुपर्ने भएकाले वैशाखमा चुनाव नहुने बताए ।

    २०७४ सालमा वैशाख ३१ गते पहिलो चरणको, असार १४ गते दोस्रो चरण र अन्तिम चुनाव असोज २ गते भएर ७ गते परिणाम आएको हो । संविधानले पाँच वर्षे कार्यकाल भनेपछि आउँदो असोजमा मात्रै उनीहरुको कार्यकाल सकिन्छ, नेता नेपालले भने ।

    गठबन्धनका निर्णायक नेता र देउवा नेतृत्वको सरकार गठन गर्न अग्रणी भूमिका खेलेका उनले स्थानीय तहको चुनाव अर्को वर्ष चैतसम्म गर्न सकिने सुविधा संविधानले दिएको उल्लेख गरे । नेपालले एमाले सकारात्मक शक्ति नै नभएको बताए । 

    एमालेतर्फ संकेत गर्दै उनले भने– विपक्षी भन्ने गुटले जुनसुकै क्षेत्रमा बितण्डा मच्चाइरहेको छ ।  एमाले सकारात्मक शक्ति नै होइन, उसलाई देश बनाउनु छैन, बिगार्नु मात्रै छ । संविधानको रक्षा गर्नु छैन, गणतन्त्रलाई सुदृढ होइन, कमजोर बनाउनु छ, यी सबै सन्दर्भमा प्रतिपक्षसँग विश्वास गर्ने ठाउँ नभएको नेता नेपालको आसय थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार