काठमाडौं । मेडिकल अध्ययन गर्ने विद्यार्थीसँग तोकिएकोभन्दा बढी शुल्क असुली गर्ने केएमसी तथा नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्माबिरुद्ध ठगी मुद्दा चल्ने भएपछि अमेरिका पलायन भएका छन् । शर्माले नोबेल र केएमसी कलेजमा अध्ययन गर्ने एमबीबीए, बीडीएस/बीएनसका बिद्यार्थीहरुबाट चिकित्सा शिक्षा आयोगले तोेकेको मापदण्डबिपरीत अतिरिक्त शुल्कबापत ५ लाख रुपैयाँ बढी लिंदैआएको छ भने ऐच्छिक हुनुपर्ने छात्रबास(होस्टल) चर्को शुल्क लिएर भर्ना हुन दबाब दिएपछि गएको मंसिर १९ देखि बिद्यार्थीहरु आन्दोलित छन् ।
मेडिकल कलेजको ठगीका बिरुद्ध सत्तारुढ कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघदेखि नेकपा समाजवादी निकट अनेरास्ववियु, नेकपा माओवादी निकट अखिल क्रान्तिकारी समेत मैदानमा उत्रिएपछि सुनिल शर्मा अमेरिका भाग्न बाध्य भएका छन् ।
आन्दोलन भाँड्न गुण्डा परिचालन गर्नेदेखि सत्तापक्षका नेताहरुलाई घुसको बिटो नै प्रस्ताव गर्दा पनि पार नलागेको र मोरङ प्रहरीले उनीबिरुद्ध ठगीमा मुद्दा दायर गर्ने भएपछि शर्मा अमेरिका पलायन भएका छन् । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले समेत नोबेल मेडिकलको ठगीका बारेमा चासो देखाएका छन् ।
शर्माले दुवै कलेजबाट मनपरी शुल्क असुली गरेको बिषयमा यसअघि पनि बिरोध हुँदैआएको थियो । तर राजनीतिक दल र बिद्यार्थी संगठनका नेतालाई घुुस दिएर उनले बिरोधलाई निस्तेज पार्दै विद्यार्थीसँग चर्को शुल्क लिने कार्य जारी राखेका थिए । तर यो पटक नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुको अगुवाईमा मेडिकल कलेजका नाममा विद्यार्थीसँग राज्यले तोकेको भन्दा बढी शुल्क लिएर ठगी गर्ने शर्माका बिरुद्ध सम्झौताहीन संघर्ष भइरहेको छ ।
अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले काठमाडौंमा र सहअध्यक्ष वोसिम आलमले बिराटनगरमा विद्यार्थी ठग्ने नोबेल बिरुद्ध आन्दोलनको मोर्चा सम्हालेका छन् । मेडिकल कलेजका नाममा विद्यार्थी ठगी गर्ने शर्मालाई अनेरास्ववियुका उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनसहित ५ जनाले कालोमोसो नै दलेका थिए ।

सुनिल शर्माले बिगतमा एउटा शक्तिका बिरुद्ध अर्को शक्तिलाई आर्थिक प्रलोभनमा पारी विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिई करोडौंकरोड ठगी गरेका थिए । तर अहिले उनका पक्षमा सबै शक्ति एकजुट भएर विद्यार्थीका पक्षमा आएपछि उनको दाउपेच फेल भएको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगाना नै शर्माले मेडिकल कलेजका नाममा गरेको ठगीका बिरुद्ध मैदानमा बिरोध गर्न आइपुगेका छन् । जसका कारण उनी देश नै छाडेर अमेरिका पलायन हुन बाध्य भएका छन् ।
एमालेको युवासंघबाट निकालिएका विवादित ब्यक्ति पर्शुराम बस्नेतले सुनिल शर्माको ठगीको पक्षमा सामाजिक संजालमा लेखेपछि उनको ब्यापक बिरोध भएको थियो । शर्माको दलाल भनेर बिरोध भएपछि उनले लेखेको स्टाटस नै डिलिट गर्न बाध्य भएका थिए ।
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend