Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हिन्दुराष्ट्र नेपालीको पहिचान र राष्ट्रिय एकताको आधार हो: कमल थापा


    मंगलबार, माघ ११ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले हिन्दुराष्ट्रको माग नेपाली पहिचान, राष्ट्रिय एकताको आधार तथा परिवार, समाज र राज्य व्यवस्थाको मेरुदण्ड भएको बताएका छन् ।

    मंगलबार बिहान सामाजिक सञ्चालमा स्ट्याटस लेख्दै थापाले यस्तो बताएका हुन् । साथै, उनले नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भन्ने माग पूजा आराधना र कर्मकाण्डको अधिकार सुनिश्चित गर्ने विषय नभएको टिप्पणी समेत गरेका छन् ।

    थापाले फेसबुकमा लेखेका छन्,’नेपाल ‘हिन्दुराष्ट्र’ हुनुपर्छ भन्ने माग केवल संविधानमा दुई शब्द लेखाउने, धर्मको नाममा राज्य संचालन गर्ने वा पूजा आराधना र कर्मकाण्डको अधिकार सुनिश्चित गर्ने बिषय होइन । हिन्दुराष्ट्र नेपाली पहिचान, राष्ट्रिय एकताको आधार तथा हाम्रो परिवार, समाज र राज्य व्यवस्थाको मेरुदण्ड हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार