Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपचारपछि स्वदेश फर्किए माओवादी नेता बर्षमान पुन


    सोमबार, माघ १० २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन लामो समय विदेशमा स्वास्थ्योपचार गरी स्वदेश फर्केका छन् । सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनलाई माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए ।

    हिमालयन एयरलाइन्सको कार्गो विमान स्वदेश फर्किएका  पुनलाई नेताहरु नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । पुन सँगै उनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती पनि फर्किएकी छन् ।

    बैंकक र  चीनमा उपचारको करिब चार महिनाको उपचारपछि नेता पुन स्वदेश फिर्ता भएका हुन् ।
     र छोरी शीला फर्किएका छन् । 

    क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेलेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्किएका हुन् ।

    नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरिएको थियो । यसअघि उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार