Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओमिक्रोनपछि कोरोना समाप्त हुन्छ भन्नु खतरनाक : विश्व स्वास्थ्य संगठन


    सोमबार, माघ १० २०७८
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।विश्व स्वास्थ्य संगठनले कोरोनाको ओमिक्रोन अन्तिम भेरियन्ट भनेर सोच्नु गलत भएको बताएको छ । संगठनले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट रहेको र हामी महामारी अन्त्यको अन्तिम चरणमा छौं भनेर सोच्नु खतरनाक भएको बताएको छ । 

    डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहनर्म गिब्रयेससले यसका लागि अलग अलग परिदृश्य रहेको बताए । 

    कोरोना महामारी कसरी समाप्त हुन्छ र यसको प्रसार कसरी समाप्त हुन्छ भन्नेबारे उनले केही खुलाएनन् । उनले ओमिक्रोन अन्तिम नभएको भन्दै यसपछि कोरोनाको नयाँ भेरियन्ट आउन सक्ने बताए । उनले कोरोना महामारीका कारण उत्पन्न परिस्थितिलाई परिवर्तन गर्नका लागि त्यस्तो परिस्थितिलाई परिवर्तन गर्न आवश्यक रहेको जसका कारण महामारी फैलिएको बताए ।एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार