Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जुम्लामा स्वास्थ्य सामग्री जुटाउँदै


    सोमबार, माघ १० २०७८
    505
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला । कोरोनाभाइरसको तेस्राे लहर लड्न जुम्लाका सरोकारवालाको टोलीले स्वास्थ्य सामग्री जुटाउन थालेको छ । जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति लागायत विपद् सम्बन्धी काम गर्ने संस्थाहरूले स्वास्थ्य सामग्री जुटाउन थालेका हुन् ।

    सोमबार  जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी विजया प्रसाईं अध्यक्षतामा बसेको बैठकले विपद् क्षेत्रमा जिल्लामा कार्यरत संघसंस्थालाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्न आह्वान गरेकाे छ । 

    जिल्ला व्यवस्थापन व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रसाईंले अक्सिजन सिलिण्डर, मास्क, सेनिटाइजर, पीपीसेटसहितका स्वास्थ्य सामग्री अभाव भएकाले  सहयोग गर्न अनुरोध गरेकी छन् । उनले  मौज्दात सामग्री जति तत्काल वितरण गरिने बताइन्  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार