काठमाडौं । तीनवटा दशैं एकै वर्ष परेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको भाग्यरेखा राजयोगमा पर्ने गरेको ज्योतिषीय विश्लेषण छ ।
आजभन्दा १९ वर्षअघि पनि यस्तै योग निर्माण भएकाले अक्षम भनेर पूर्वराजा ज्ञानेन्द्र शाहले देउवालाई प्रधानमन्त्रीबाट हटाएका थिए । तर, त्यसपछि केन्द्रीय राजनीतिमा शक्तिशाली अवस्थामा फर्केका देउवा फेरि पनि १९ वर्षअघिकै योग दोहोरिने चर्चा सुरु भएको छ ।
यस्तो शक्तिशाली राजयोगको संयोग परेको अवस्थामा कसैले कमजोरीको फाइदा उठाउन खोजेमा त्यस्ता वर्गको अस्तित्वमै संकट आउन सक्ने ज्योतिषी सुरेशचन्द्र रिजाल बताउँछन् ।
यो वर्ष तीनवटा दशैं परेको छ । २०७७ सालको चैते दशैं पनि २०७८ सालमा मनाइयो भने मूल दशैं र चैते दशैं पनि यही वर्ष नै पर्ने भएकाले यो वर्ष तीनवटा दशैं पर्छ । तीनवटा दशैं एकै वर्ष भएको बेलामा देउवाको भाग्यरेखा राजयोगमा पर्ने ज्योतिषी रिजालको दाबी छ ।
१९ वर्षअघि पनि एकै वर्ष तीनवटा दशैं भएको र पछि अपदस्थ हुनुपरे पनि देउवा चर्चा र शक्तिमै रहेको उनले बताए । ‘१९ वर्षपछि अहिले पनि पहिलेकै योग देखिएकाले देउवा चर्चित र शक्तिशाली नै बनिरहने योग छ,’ रिजालले न्युज कारखानासँग भने ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend