Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मनोज गजुरेललाई कोरोना संक्रमण


    सोमबार, माघ १० २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । चर्चित हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । गजुरेलले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    गजुरेलले सामाजिक सञ्जालमा लेखेका छन्- ‘पहिलेजस्तो सातो लिने र दोश्रो जस्तो ज्यानै लिनेचाहि हैन, तर थलाचाहि राम्रैसँग पार्दोरहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुन्जेल केही पनि हुँदैन ।’

    उनले कोरोनाको तेश्रो भेरियन्ट ओमिक्रोनबाट होम आइसोलेसनमा बसेका र आइसीयुमा पुगेका सबैको स्वास्थ्य लाभको कामना गरेका छन् ।

    गजुरेललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो । उनी केही समय अस्पताल बसेर डिस्चार्ज भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार