काठमाडौं । नेपाल प्रहरीका १३ जना कर्मचारीहरु सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेहरुमा दुई जना प्रहरी हवल्दार र १३ जना जवानहरु छन्।
सोमबार प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिरी रहेका उनीहरुलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गर्दै सार्वजनिक सूचना समेत जारी गरेको छ । आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका उनीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह समेत गरिएको छ।
सम्पर्कमा नरहेका प्रहरी हबल्दारहरुमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी भएका दीपेन्द्र सिंह र सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर छन् ।
यसैगरी प्रहरी जवानहरु विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई, आषिश शेर्पा, नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल, मार्सल जुलम एस.पी., दिल दीक्षित राज के.सी. पनि सम्पर्कमा छैनन् ।
आजको मितिबाट सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।
हेर्नुहोस् सूचना:
