Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डेल्टाको ठाउँ लिँदै ओमिक्रोन, संक्रमण दर उच्च


    सोमबार, माघ १० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोभिड–१९ को डेल्टा भेरियन्टलाई प्रतिस्थापन गर्न सक्रिय रहेको ओमिक्रोन भेरियन्टको संक्रमण उच्च पाइएको  छ।

    विश्वव्यापी रूपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरे जस्तै अवस्था नेपालमा पनि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

    डेल्टाभन्दा बढी संक्रामक रहेको ओमिक्रोनबाट संक्रमण हुनेको संख्या ह्वात्तै बढेको छ।  एसजिन पोजेटिभ भएका नमुनाहरूको परीक्षण गर्दा ओमिक्रोनको पुष्टि हुने क्रम बढ्दो रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    पछिल्लो संक्रमणमा एसजिन पोजेटिभ भएका मध्ये ८८ प्रतिशत ओमिक्रोन पाइएको छ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा जिन सिक्वेन्सिङका ३२ मध्ये २८ नमुनामा ओमिक्रोन संक्रमण देखिएको छ। बाँकी चारवटा नमुनामा डेल्टा भेरियन्ट पाइएको छ।

    डा. अधिकारीले भने, ‘विश्वव्यापी रूपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरे जस्तै नेपालमा समेत सोही अवस्था देखिएको छ।’ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार