Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जोरबिजोरले सार्वजनिक यातायातमा झनै भीड, यात्रुहरुलाई सास्ती


    सोमबार, माघ १० २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेपछि सार्वजनिक यातायातमा भने झनै भिड बढेको छ ।

    विश्वभरि महामारीको रूप लिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको रोकथाम तथा नियन्त्रणका लागि सरकारले भिडभाड कम गर्न भन्दै उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको हो । जोरबिजोर प्रणालीले सार्वजनिक यातायातमा भने झन् भिड बढेको यातायात व्यवसायी तथा यात्रुहरू बताउँछन् ।

    सामान्यतयाः दिउँसोको समयमा भिडभाड नदेखिए पनि बिहान कार्यालय समय र साँझको समयमा सार्वजनिक यातायातमा यात्रुहरूको चाप धेरै देखिएको छ । सिट क्षमताभन्दा बढी यात्रु राखेमा कारबाही हुने भएकाले व्यवसायीले ट्राफिकको उपस्थिति न्यून नरहने ठाउँमा सिट क्षमताभन्दा बढी यात्रु राखे पनि ट्राफिक प्रहरीको उपस्थिति हुने मुख्य सडकमा भने कारबाहीको डरले सिट क्षमताभन्दा बढी यात्रु नराखेपछि यात्रुहरूले लामो समय सार्वजनिक बस कुरेर बसेको समेत पाइएको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोरबिजोर प्रणालीले सार्वजनिक यातायातमा भिड बढे पनि आफूहरूले निर्णयको कार्यान्वयन गर्ने मात्र जिम्मा रहेको बताएको छ । महाशाखाले सिट क्षमताभन्दा बढी यात्रु राख्नेमाथि नियमित रूपमा कारबाही गर्दै आएको छ ।

    सर्वसाधारण यात्रुहरूले जोरबिजोर प्रणालीका कारण सार्वजनिक यातायातमा झनै भिड बढेको र भनेको समयमा यातायात पाउनसमेत मुस्किल परेको गुनासो गरेका छन्। राजधानी दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार