जनकपुधाम । मधेस सरकारले प्रदेशको नाम र स्थायी राजधानीबारेको सूचना राजपत्रमा पुन : प्रकाशन गरेको छ । प्रदेशको नाम र स्थायी राजधानी दुई तिहाइ बहुमतले पारित भएपछि प्रदेश राजपत्रमा प्रकाशित गरिएको सूचनामा नेपालको नयाँ नक्सा (चुच्चे सहितको नक्सा) को ठाउँमा पुरानो नक्सा राखिएको थियो । यसरी राजपत्रमानै गल्ती नक्शा प्रकाशन गरिएपछि चर्को आलोचना भएको थियो ।
मधेस सरकारले आइतबार पुनः नेपालको आधिकारिक नक्सा राखेर राजपत्र प्रकाशित गरेको छ ।
प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले भुलवश हुन गएको प्राविधिक त्रुटी सच्याइएको जानकारी सहित मन्त्रालयले पुनः राजपत्र छापेको जानकारी दिए । झाका अनुसार सबै निकायलाई मधेस प्रदेश नाम कार्यान्वयन गराउन आग्रह गर्दै सरकारले राजपत्रमा प्रकाशित गरेको हो ।
प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७३ ख को उपनियम (२) बमोजिम प्रदेशको नामकरण तोक्ने प्रस्ताव सोही नियमावलीको अनुसूची ३ (ख) बमोजिम दर्ता भएका प्रस्तावमध्ये प्रदेशको नाम राजपत्रमा प्रकाशित गरिएको बताइएको छ ।
‘प्रस्ताव नम्बर १ मधेस प्रदेश नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भई प्रदेशको नामकरण मधेस प्रदेश कायम भएको व्यहोरा सार्वजनिक लिखित प्रमाणीकरण (कार्यविधि) ऐन, २०७५ को दफा ५ को उपदफा (१) बमोजिम सभामुखबाट प्रमाणीकरण समेत भइसकेकाले सोही ऐनको दफा ५ को उपदफा (२) बमोजिम निर्णय कार्यान्वयनका लागि सूचना प्रकाशित गरिएको छ,’ मधेस प्रदेश सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend