Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अधिकांश कर्मचारीलाई कोरोना भएपछि सोमबारबाट ललितपुर महानगरपालिका बन्द


    आइतबार, माघ ९ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुर महानगरपालिकामा सोमबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द हुने भएको छ ।

    महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै कोरोनाको नयाँ भरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएको र यसबाट महानगरपालिकामा कार्यरत कर्मचारीहरु र जनप्रतिनिधिहरु समेत संक्रमित भई उपचार एवं होम आइसोलेशनमा रहेको जनाएको छ ।

    यसरी अधिकांश कर्मचारीहरु संक्रमित भई नियमित सेवा प्रवाहमा समस्या उत्पन्न भएको र आलोपालो प्रणालीबाट सेवा व्यवस्थापन गर्न सक्ने स्थिति समेत नरहेको अवस्थालाई मध्यनजर गरी सोमबारदेखि शुक्रबारसम्म (५ दिन) महानगरबाट प्रवाह गरिने अत्यावश्यक सेवा (स्वास्थ्य सेवा, दमकल, शव वाहन, एम्बुलेन्स्, सरसफाई, नगरप्रहरी) बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सूचनामा उल्लेख गरेका छन् । 

    Lalitpur_mahanagar_Release.jpg.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार