Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाविरुद्धको खोप लगाएको केही बेरमै एक जनाको मृत्यु


    आइतबार, माघ ९ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही बेरमै एक जनाको ज्यान गएको छ । जिल्लाको कैलारी गाउँपालिका–४ ‘के’ गाउँका ५३ वर्षीय रामदास डगौराको कोरोनाविरुद्धको खोप लगाएको केही बेरमै ज्यान गएको हो ।

    स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका डगौराको घर जाने क्रममा मृत्यु भएको हो ।

    वडाध्यक्ष भिखराम चौधरीले खोप लगाएको केही बेरमै बाटेमै लडेर उनको मृत्यु भएको बताए । लडेकै ठाउँमा उनको मृत्यु भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार