Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेले भन्यो- अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण भएको छैन


    आइतबार, माघ ९ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेले पार्टी अध्यक्ष केपी ओली कोरोना संक्रमित भएको जानकारी गराउँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । तर, ओली पत्नी राधिका शाक्यलाई भने कोरोना संक्रमण नभएको स्पष्ट पारेको छ ।

    एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आइतबार दिउँसो अध्यक्ष ओलीलाई संक्रमण पुष्टि भए पनि पत्नी शाक्यलाई भने कोरोना संक्रमण नभएको जनाउँदै अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न आग्रह गरेका छन् ।

    ‘हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली कोभिड संक्रमित हुनुभएकोमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । साथै, श्रीमती राधिका शाक्यलाई कोभिड संक्रमण नभएकाले अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न सबैमा अनुरोध गर्दछौं,’ रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार