धनगढी । नेकपा एमाले कैलालीका जिल्ला सल्लाहकारसहित ५ जना नेकपा (एकीकृत समाजवादी)मा समाहित भएका छन् । विगत लामो समयदेखि कम्युनिष्ट पार्टीमा काम गर्दै आएका कैलालीको चुरे गाउँपालिका पुराना नेता तिलबहादुर साउद सहितले नेकपा समाजवादी रोजेका छन् ।
आइतबार धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाह तथा पार्टीका प्रदेश उपसचिव, संसदीय दलका नेता दीर्घ सोडारीले खाँदा दोसल्ला ओढाएर समाहित गराएका हुन् । यस्तै चुरे गाउँपालिकाका प्रेमलाल गौतम, जगत धामी, प्रेम पौड्याल, लालबहादुर धामीले जनताका भावना अनुसार काम गर्ने व्यक्ति नेकपा समाजवादीमा मात्रै भएकाले यो पार्टी रोजेको तिलबहादुर साउदले बताए ।
यस्तै नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै कैलाली इन्चार्ज समेत रहेका दीर्घ सोडारीले पार्टीप्रति आकर्षण बढेको बताए । प्रवेशीहरुको लहर चलेको समाजवादी अभियानमा आउने जोसुुकैलाई उचित जिम्मेवारी दिइने बताए ।
यस्तै समाहित कार्यक्रममा बोल्दै पार्टीका सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले केपी ओलीको अहंकार र तानाशाही प्रवृत्तिका कारण पार्टीका पुराना नेता तथा कार्यकर्ता मूल पार्टी नेकपा समाजवादीमै आउने विश्वास गरिन् । कम्युनिष्ट पार्टीमा स्थापित नेताहरु विस्तारै समावादीसँग जोडिंदैछन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend