काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीले गौर काण्ड दोहो¥याउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको अभिव्यक्ति क्षमा दिन योग्य नरहेको बताएको छ ।
संयोजक महेश चौलागाईंले आइतबार आफ्ना कार्यकर्तालाई विशेष निर्देशन दिँदै मन्त्री यादवको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अपराधिक मानसिकताविरुद्ध एकजुट हुन आह्वान गरेका हुन् ।
विशेष निर्देशन
२०७८ माघ ५ गते रौतहटको गौरमा भएको एक सभामा जसपाकी नेतृ तथा नेपाल सरकारका मन्त्री माननीय रेणुकुमारी यादवले दिएको अराजक तथा अपराधिक अभिव्यक्तिप्रति हाम्रो संगठन राष्ट्रिय युवा संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।
कानुनी राज्यको ध्वजी उडाउँदै मन्त्री जस्तो पदको दुरुपयोग गर्ने अपराधीक मानसिकता एवं अराजक प्रवृत्तिकाविरुद्ध सम्पूर्ण देशभक्त न्यायप्रेमी नेपाली दाजुभाइ तथा दिदिवहिनीहरु एकजुट हुन हामी हार्दिक आह्वान गर्दछौं।
मन्त्री यादवको अपराधीक मानसिकता, हत्या हिंसा भड्काउने अभिव्यक्ति कुनै पनि मानेमा क्षमा दिन योग्य छैन । उहाँले २०६३ चैत ७ गते गौरमा भएकी नगरसंहार आफ्नो पार्टीले गरेकोमा गौरव घोषणा गरेकोले हामी यसलाई प्रमाणको रुपमा लिएर तत्काल मन्त्री पदबाट खारेजगरी गिरफ्तारगरी आवस्यक कार्वाही गरियोस् नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं।
राष्ट्रिय युवा संघ नेपालको अगुवाइमा कोभिड संक्रमणलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गरेर सबै जिल्लाहरुमा जुलुस, सभा, पुत्ला दहन लगायतका कार्यक्रम गर्नुहुन केन्द्रको निर्देशन रहेको हुँदा बागमती प्रदेश मातहतका सम्पूर्ण कमिटीसमक्ष सोही अनुसार निर्देशन गरिन्छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend