Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • इंग्लिस प्रिमियर लिग: शीर्ष स्थानको सिटी रोकिँदा युनाइटेडको  रोमाञ्चक जित


    आइतबार, माघ ९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटी रोकिँदा म्यानचेस्टर युनाइटेडले  रोमाञ्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा शीर्ष स्थानको भ्रमणकारी टोली सिटी साउथह्याम्पटनसँग १-१ को बराबरीमा रोकिएको हो । 

    खेलको सातौँ मिनेटमा केली वाल्करको गोलमा घरेलु टोली साउथह्याम्पटनले अग्रता बनायो । ६५औँ मिनेतमा अमेरिक लोपार्टको गोलमा सिटी खेलमा फर्कियो । 

    बराबरी नतिजासँगै सिटी २३ खेलमा ५७ अंकसहित शीर्ष स्थानमा यथावत छ । २२ खेलबाट २५ अंकसहित साउथह्याम्पटन १२औँ स्थानमा छ । 

    यस्तै, अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामविरुद्व १-० को जित निकालेको छ ।

    घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड निर्धारित ९० मिनेट गोलरहित बराबरीमा रोकिएपनि इन्जुरी समयमा मार्कुस रासफोर्डको निर्णायक गोलमा महत्त्वपूर्ण तीन अंक जोडेको हो । 

    युनाइटेडले २२ खेलबाट  ३८ अंक बनाउँदै  तालिकाको शीर्ष चारमा उक्लिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार