काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तीन तहको निर्वाचनमा हुने समयको खर्चबारे पुनर्विचार गर्न सुझाएका छन् ।
प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले उपयुक्त नभएको अध्यक्ष भट्टराईको सुझाव छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौँ । मुख्य मुद्दा यो हो: ३ चरणका स्थानीय तहका कार्यकाल वैशाख/जेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुस/माघ र संघको फागुनमा हुने भएकाले प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होला ? बिरालो बाँधेर श्राद्ध गरिरहने ?’
चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौं।मुख्य मुद्दा यो हो:३ चरणका स्थानीय तहका कार्यकाल वैशाख/जेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुस/माघ र संघको फागुनमा हुने भएकाले प्रत्येक५बर्ष१०महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होला?विरालो बाॅधेर श्राद्ध गरिरहने?
— Baburam Bhattarai (@brb1954) January 22, 2022
पछिल्लो समय तीनै तहको निर्वाचन एकैपटक गर्न बहस भइरहेको बेला भट्टराईले यस्तो सुझाव दिएका हुन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend