Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विश्व इतिहासमा आज: इजरायलद्वारा जेरुसेलमलाई राजधानी घोषणादेखि ८ लाख जनाको मृत्यु भएको त्यो भूकम्प


    आइतबार, माघ ९ २०७८
    490
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज २३जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

    इजरायलद्वारा जेरुसेलमलाई आफ्नो राजधानी घोषणा
    जेरुसेलमा पश्चिम एसियाको एउटा महत्वपूर्ण सहर हो । सन् १९५० को २३ जनवरी अर्थात आजकै दिन इजरायलले जेरुसेलममाथि दाबी गरेको थियो । अन्तर्राष्ट्रिय विरोधबाबजुद इजरायली संसद केनसेटले विभाजित जेरुसेलमलाई देशको राजधानी घोषणा गर्ने प्रस्ताव पेस गरेको थियो ।

    ८ लाख जनाको मृत्यु भएको त्यो भूकम्प
    आजकै दिन विश्वमै डरलाग्दो भूकम्प गएको थियो । सन् १५५६ को २३ जनवरीमा चीनमा गएको भूकम्प इतिहासमा रेकर्ड भएकामध्ये अहिलेसम्मकै विध्वशकारी थियो । सान्छी प्रान्तको वीइ रिभर भ्यालीमा केन्द्र बिन्दु रहेको सो भूकम्पका कारण आठ लाख ३० हजार जनाको ज्यान गएको थियो ।  

    सुभाष चन्द्र बोसको जन्म
    सन् १८९७ को २३ जनवरीमा भारतका राष्ट्रवादी नेता सुभाष चन्द्र बोसको जन्म भएको थियो । उनको निर्दोष देशभक्तिका कारण उनी भारतमा हिरो बनेका थिए । दोस्रो विश्वयुद्धको समयमा नाजी जर्मनी र सम्राज्यवादी जापानको सहयोगमा भारतलाई ब्रिटिश शासनबाट स्वतन्त्र गर्ने प्रयास गरेका थिए 

    अमेरिकाको पहिलो महिला विदेश मन्त्री
    सन् १९९७ मा अमेरिकाले  पहिलो महिला विदेश मन्त्री पाएको थियो । तत्कालिन राष्ट्रपति विल क्लिन्टनले म्याडलिन अलब्राइटलाई विदेश मन्त्री नियुक्त गरेका थिए । त्यसअघि अलब्राइट राष्ट्रसंघका लागि अमेरिकी दूतका रुपमा काम गरेकी थिइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार