Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कस्मेटिक पसल छोडेर कुखुरा व्यवसायमा रमाएकी जुनलाली  


    आइतबार, माघ ९ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मुगु । मुगु छाँयानाथ रारा नगरपालिका–२ कि जुनलाली देवकोटा कस्मेटिक पसल छाडेर टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी छन् ।

    सदरमुकाम गमगढी बजारमा जिल्लाकै पहिलो कस्मेटिक व्यावसाय सञ्चालन गरेको १८ वर्षपछि उनी टर्की कुखुरा र हाँस व्यवसायमा लागेकी हुन् । कस्मेटिक व्यवसायबाट भन्दा कुखुरा पालनबाट राम्रो आम्दानी हुने देखिएपछि जुनलाली यसतर्फ लागेकी हुन् । 

    अहिलेको उनको दिनचर्या भनेको बिहान उठेदेखि राति अबेरसम्म ट्रकी, हाँस र कुखुराको रेखदेखमा समय बित्ने गरेको छ ।  छाँयानाथ रारा नगरपालिका–७ टोप्ला रारा जाने मुल गेटमा  रारा आउनेजाने पाहुनालाई लक्षित गरी व्यववसाय सञ्चालन गरेको जुनलाली बताउँछिन् । 

    मनिषा फ्रेसहाउस सञ्चालनबाट घर खर्च चलाउन, दुई छोराको अध्ययन खर्च जुटाउन समस्या नभएको बताएकी उनको फ्रेस हाउस सञ्चालन गर्न करिब १५ लाखभन्दा बढी रकम पूर्वाधारदेखि अन्य कच्चा पदार्थमा लगानी छ । 

    हाल फ्रेस हाउसमा ३००भन्दा बढी लोकल कुखुरा, ३० बटा हाँस, र ५० वटा ट्रकी छन् । पशुपन्छी तथा पशु कार्यालय मुगुबाट ट्रकी व्यवसायको लागि पाँच लाखको सहयोग गरिएको छ । मुगुमा टर्की हाँस, कालिजको व्यवसायको रुपमा फस्टाउँदै गइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार