Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्लाहीमा सवारी दुर्घटना, वाइसिएलका नेताको मृत्यु


    शनिबार, माघ ८ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सर्लाही । सर्लाहीमा मोटरसाईकल दुर्घटनामा परी नेकपा ९माओवादी केन्द्र० का एक युवा नेताको मृत्यु भएको छ ।

    शुक्रबार राती सर्लाहीको पूर्वपश्चिम राजमार्ग अवस्थित बागमती पुलमा भएको मोटरसाइकल दुर्घटनामा परी माओवादी केन्द्रको भ्रातृ संगठन योङ  कम्यूनिष्ट लिगका नेताको सुनील बमजनको मृत्यु भएको हो ।

    सर्लाहीको हरिवन नगरपालिका ५ बस्ने ३३ वर्षीय बम्जनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुनील सवार बा ९४ प ५९०८ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ८३०० नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका सुनिलको उपचारका लागि अस्पताल लैजाने क्रममा रौतहटको चन्द्रपुरमा मृत्यू भएको हो । माओवादी केन्द्र हरिवन नगर समितिले सुनिलको मृत्युप्रति दुःख व्यक्त गर्दै दुर्घटनाको छानविनको माग गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार