Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फरार दुई अभियुक्त पक्राउ


    शनिबार, माघ ८ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ ।  जिल्ला प्रहरी कार्यालय दाङले लागूऔषध र लेनदेन मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेकाे छ ।

    लागूऔषध मुद्दामा फरार रहेका घोराही उपमहानगरपालिका-३ का ४० वर्षीय टेकबहादुर नेपालीलाई लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

    दाङ देउखुरी जिल्ला अदालतले नेपालीलाई २०७८ साल बैसाख १५ गते लागूऔषध मुद्दामा दुई वर्ष कैद सजाय र एक लाख जरिवाना तोकेको थियो ।

    त्यस्तै लेनदेन मुद्दामा फरार घोराही उपमहानगरपालिका-३ मा बस्ने ५३ वर्षीय नैनबहादुर कामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    दाङ देउखुरी जिल्ला अदालतले ०७६ असार ४ गते लेनदेन मुद्दामा एक वर्ष कैद फैसला सुनाएको कामीलाई प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    पक्राउ गरिएका दुवैजनालाई शुक्रबार दाङ देउखुरी जिल्ला अदालत घोराहीमा बुझाइएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार