Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनको एसपीका लागि चर्को प्रतिस्पर्धा


    शनिबार, माघ ८ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका ३४ एसपीको सरुवा निकाल्दा पनि चितवनका एसपी ओम अधिकारी र प्रबन्ध निर्देशनालयका प्रेम बस्नेत थमौती भए । जिल्ला प्रहरी कार्यालय चितवनको एसपीमा ओम अधिकारीसँगसँगै जसो सरुवामा परेकाहरु परिवर्तन भइसकेका छन् । २०७८ पुस २५ मा भएको ३४ एसपीको सरुवामा पनि उनी चलाइएनन् ।

    चितवनमा सरुवा हुनका लागि एक से एक पावरफुल एसपीहरु लागेका छन् । जसका कारण पुस २५ मा प्रहरी प्रधान कार्यालयले नाम टुंगो लगाउन सकेन । चितवनको एसपीका लागि कृष्ण पँगेनी, अजय केसी, होविन्द्र बोगटी, नवराज अधिकारीहरु लागेका छन् । हाल अपराध महाशाखामा कार्यरत एसपी पँगेनीले चितवनमा सरुवा हुन बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री शालिकराम जमरकट्टेल हुँदै भरतपुरकी मेयर रेणु दाहालसम्म भेटिसकेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला भएकाले उनले जमकट्टेल हुँदै दाहालमार्फत् पावर लगाउन पुगेका हुन् ।

     अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हुँदा प्रहरी संगठनकै अधिकृतहरुलाई फसाउन उजुरी दिने अधिकृतका रुपमा चिनिन्छन् । तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरेका विश्वासपात्र एसपी प्रवीण पोखरेलसँग मिलेर प्रहरीका तल्लो दर्जाका धेरै अधिकृतहरुलाई उनीहरुले आफैंले उजुरी तयार गरी दर्ता गर्न लगाउँदै दुःख दिने गरेको आरोप छ । एसपी पोखरेल र पँगेनी दुवै अख्तियार प्रमुख घिमिरेको दबाबमा कार्यक्षमतामा अब्बल नभए पनि एसपी बढुवामा परेका थिए । बारामा एसपी हुँदा पँगेनीले इन्स्पेक्टर रुद्र कँडेलमार्फत तस्कर र गाँँजाका कारोबारीसँग उठाउन लगाई प्रशस्त लाभ लिएका थिए ।

    त्यसैगरी, तत्कालीन महालेखा परीक्षक बिष्णुबहादुर केसीका छोरा भएकै आधारमा उनको दबाबमा प्रहरीका लागि आवश्यक मापदण्ड(उचाई) नपुगे पनि अधिकृतमा भर्ना भएका अजय केसी पनि चितवनको एसपीका लागि दौडधूपमा छन् । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महेश बस्नेतको पावर प्रयोग गर्दै पश्चिम नवलपरासीको एसपीमा सरुवा भएका थिए ।

    बस्नेतकै दूतहरुलाई पश्चिम नवलपरासीको महेशपुर नाकाबाट सुपारी, मरिच, केराउ तस्करीको लाइन दिएर अकूत सम्पत्ति आर्जन गरेका उनी चितवन नभए रुपन्देहीको एसपी हुने दाउमा छन् ।  हाल अख्तियारको ‘स्टीङ अपे्रेसन’ टोलीमा रहेका एसपी केसी चितवन वा रुपन्देहीमध्ये एउटा जिल्लामा सरुवा हुने निश्चित भन्न थालिसकेका छन् ।

    रुपन्देहीमा एसपी मनोज केसी सरुवा भएको १० महिना पुग्दैछ । तत्कालीन अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा जाँदा आक्रमण भएपछि तत्कालीन एसपी प्रवीण पोखरेललाई तानेर २०७७ चैत १६ मा केसीलाई पठाइएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार